राप्ती उवा संघले राप्ती गाउँपालिका क्षेत्रका खाली अक्सिजन सिलिन्डर संकलन गर्दै



राप्ती उवा संघले राप्ती गाउँपालिका क्षेत्रका खाली अक्सिजन सिलिन्डर संकलन गर्दै

भालुवाङ २६ वैशाख । कोभिडको महामारीमा देशभर अक्सिजनको अभाव देखिएको र यस्तो विपत्तिको सामना गर्न राप्ती गाउँपालिका देउखुरी क्षेत्रमा खाली अक्सिजन सिलिन्डर संकलन तथा ब्यबस्थापन कार्यको सुरुवात गरेको छ ।

राप्ती गाउँपालिकामा कोभिडको बिरामीहरु अक्सीजन अभावका कारण कोभिड बिरामीलाई अन्यत्र जिल्लामा लगिने भएकोले निम्न आयस्रोत भएका ब्यक्तिहरुलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने यस अभियानका संयोजक तथा तथा समाजसेवी गन्जबहादुर विष्टले जानकारी दिएका छन् ।

अक्सिजनको कारणले कसैले पनि ज्यान गुमाउन नपरोस भन्दै यो अभियान सुरु गरेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खडका ले जानकारी दिए । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि देश भरका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । यतिबेला अक्सिजन उत्पादकहरूले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिलिन्डर नै नरहेको जनाएका छन् ।

यसै गरी राप्ती अञ्चलको अटो इन्जिनियरिङ एसोसिएसन शाखा भालुबाङले पनि ७ वटा खाली सिलिन्डर राप्ती उद्योग वाणिज्य संघ लाई हस्तानतरण गरेको छ । अन्य क्रसर उद्योग, बोडी कारखाना, ग्रीक उद्योगबाट पनि संकलन गरी अक्सिजन भर्न घोराही पठाइएको छ । भरेर ल्याएका सिलिन्डरहरु राप्ती गाउँपालिकामा र सिसहानियाँमा रहेको २० वेडको आइसुलेसनमा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे